पुष २४ गते मंगलबारको तपाईको दैनिक राशिफल

मिति: २०२४-०१-०९ , समय : ०७:५६:४९ , Our Pradesh

Our Pradesh

आज मिति वि.सं.२०८० पुष २४ गते मंगलबार ई.सं.२०२४ जनवरी ०९ नेपाल सम्बत ११४४ थिंलागा त्रयोदशी, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष कृष्ण त्रयोदशी, चन्द्रमा वृश्चिक राशिमा,ज्येष्ठा नक्षत्र,वृद्धि योग,गर करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे, सूर्यास्त साँझ ०५: २५ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): परिवारमा आर्थिक समस्याले पनि सताउने समय भएपनि कुनै नयाँ काम शुरु गर्न उपयुक्त दिन छ । जाँगर बढ्नेछ भने सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । आरोग्यता र प्रेमभाव वृद्धि होला । मानवर्द्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् ।

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्न सक्ने दिन छ । मनमा अनावश्यक डरको भाव जागृत होला, सतर्क रहनु हितकर होला । कसैसंग हल्का मनमुटाको योग छ । स्वास्थ्य सामान्य कमजोर रहन सक्छ । चोटपटकबाट बच्न विशेष सावधानी अपनाउनुहोला । साहसिक काममा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

 

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): जागिरमा खासै मन नजाने समय चलेको छ तर आजको दिन धन मान प्राप्त हुने योग छ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता होला । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । कार्यशक्ति बढ्नेछ । रसरागमा रुचि रहनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ब्यस्तता बढ्नेछ । सोचेअनुसार काम पूरा भइ सुखको अनुभव हुने दिन छ । आज आर्थिक कारोबार पनि राम्रै होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद् रहला । रमाउने समय छ । कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ । मिठो भोजन मिल्नेछ । सुख शान्ति बढ्नेछ ।

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन आकस्मिक लाभको योग छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना पनि देखिन्छ । आज आहारविहारमा विशेष सतर्क रहनु स्वास्थ्यको लागि हितकर होला । परिवारमा सामान्य विवाद हुन सक्छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । पराक्रमका साथै धन बढ्ने योग छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहला ।

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): स्वास्थ्यप्रति विशेष सतर्क रहनुपर्ने समय छ । आज अल्छीपनले सताउला । काममा ढिलासुस्ती हुन सक्छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग छ । हिम्मतले काम लिने प्रयत्न गर्नुहोला । आफन्तको साथ प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

 

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन राम्रो छ । परिश्रमअनुसार राम्रै उपलब्धि हुनेछ भने रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्घिको सह िप्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आरोग्यता वृद्धि हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । सन्तानको सुख मिल्नेछ ।

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन शुभदायी छ । चिताएको काममा सफलता पाइनेछ भने धनलाभको पनि योग छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । परिवारबाट सुखको अनुभूति होला । दायित्व र पराक्रम वृद्धि हुनेछ । दाम्पत्यसुख बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु थप उत्तम हुनेछ ।

 

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): समाजिक सम्मान भने पाउने समय छ, तर स्वास्थ्य अवस्था भने सामान्य कमजोर रहेको महसूस हुन सक्छ । आज यात्राको पनि योग छ । नसोचेको ठाउँबाट धनलाभ होला । मनोरञ्जनका साथ दिन बित्नेछ । आयबल बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

 

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कर्मबल वृद्धि भएपनि आज बेकामको क्षेत्रमा पैसा खर्च हुने समय रहेकोले सावधान रहनु हितकर होला । भौतिक सरसामान क्षति हुन सक्छ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भाग्यबल वृद्धि हुनेछ । बन्दैन भनेको काम पनि अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग प्राप्त होला । नसोचेको आफन्तसग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ । सोचेअनुसार कामले पूर्णता भने नपाउन सक्छ, धैर्य राख्नुहोला । आरोग्यता र ऐश्वर्य वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ भने मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण रहला । यात्रामा सफलता प्राप्त हुनेछ ।

 

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ । आम्दानीका अनेक बाटाहरू खुल्न सक्छन् । ब्यापार ब्यवसायमा राम्रै लाभ होला । उपलब्धीमूलक रमाइलो यात्रा पनि हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । साहस बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

 

तपाईको दिन शुभ रहोस्

 

प्रतिक्रिया दिनुहोस्

प्रकाशित मिति: २०२४-०१-०९ , समय : ०७:५६:४९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्