आज एकैदिन ३८ जना सङ्क्रमित थपिए,सङ्क्रमितको सङ्ख्या १९४

मिति: २०२३-०४-०२ , समय : १७:४९:२६ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौँ । देशभर थप ३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

७०१ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा १४ जना सङ्क्रमणमुक्त बनेका छन् ।

योसँगै देशभर पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ५९२ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-०४-०२ , समय : १७:४९:२६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्