युगाण्डा टी-२० विश्वकपमा छनोट भएको छ ।

मिति: २०२३-११-३० , समय : १७:५७:०६ , Our Pradesh

Our Pradesh

१४ मंसिर, काठमाडौं । युगाण्डा पहिलो पल्ट टी-२० विश्वकपमा छनोट भएको छ ।

 

अफ्रिकी महादेशको छनोटको समूह चरणको अन्तिम खेलमा रुवान्डालाई ९ विकेटले हराउँदै युगाण्डाले शीर्ष २ मा रहेर टी-२० विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

 

छनोटमा युगाण्डा नामिबियासँग ६ विकेटले पराजित भए पनि अरु सबै ५ खेलमा विजयी भयो । उसले तान्जानिया, जिम्बाब्वे, नाइजेरिया र केन्यालाई हराएको हो ।

 

अफ्रिकी महादेशबाट नामिबिया यसअघि नै विश्वकपमा छनोट भइसकेको थियो । नामिबिया र युगण्डा विश्वकपमा छनोट हुँदा टेष्ट राष्ट्र जिम्बाब्वेसँगै केन्या विश्वकपमा पुग्न असफल भएका छन् । नामिबियाले नाइजेरियासँग खेल्नै बाँकी छ ।

 

अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट हुने युगाण्डा अन्तिम टोली हो । वेस्ट इण्डिज र अमेरिका आयोजकका हिसाबले स्वत: छनोट भएका थिए ।

 

भारत, पाकिस्तान, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, नेदरल्याण्ड्स र श्रीलंका अघिल्लो संस्करणमा शीर्ष आठमा परेका कारण स्वत: छनोट भएका हुन् ।

 

अफगानिस्तान र बंगलादेश टी-२० वरीयताका आधारमा छनोट भए भने क्षेत्रीय छनोटमा युरोपबाट आयरल्याण्ड र स्कटल्याण्ड, इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यूगिनी, अमेरिकी छनोटबाट क्यानडा तथा एसिया छनोटबाट नेपाल र ओमनले विश्वकपमा स्थान बनाएका छन् ।

 

४ जूनदेखि ३० जूनसम्म हुने विश्वकपमा २० टोलीलाई ४ समूहमा विभाजन गरिनेछ ।

प्रकाशित मिति: २०२३-११-३० , समय : १७:५७:०६ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्