बाँसको खम्बामा टाँगिएको फ्लडलाइटबीच विराटनगरमा टी–१० क्रिकेट सुरु, विजेतालाई ७ लाख
मिति: २०२५-०५-१८ , समय : १२:३७:४५ , Our Pradesh
मिति: २०२५-०५-१८ , समय : १२:३७:४५ , Our Pradesh
Our Pradesh
विराटनगरमा दोस्रो कोशी प्रदेश दिवा–रात्रीकालीन टी–१० क्रिकेट सुरु
विराटनगर महानगरपालिका वडा नं. ६ र ९ को आयोजनामा आइतबारदेखि दोस्रो कोशी प्रदेश दिवा–रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेल विसिसिए र एनविएससिबीच हुँदैछ।
प्रतियोगितामा पूर्वका ७ क्लबको सहभागिता रहेको छ, जसले खेलाडीलाई २५ हजारदेखि १ लाख रुपैयाँसम्ममा अनुबन्ध गरेका छन्। राष्ट्रिय टिमका यूके गएका खेलाडीबाहेक अन्यले सहभागिता जनाएका छन्।
यसपटक विजेताले ७ लाख, उपविजेताले ३ लाख, तेस्रोले २ लाख र चौथो टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। म्यान अफ द सिरिजलाई २५ हजार, प्रत्येक म्याचको म्यान अफ द म्याचलाई ३ हजार, एक ओभरमा ६ छक्का हान्ने ब्याटरलाई वासिङ मेसिन र एक हातले क्याच समाउने दर्शकलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ।
करिब ६५ लाख खर्च हुने प्रतियोगितामा बाँसको खम्बामा अस्थायी फ्लडलाइट समेत जडान गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) बाट स्वीकृत यो प्रतियोगिता सात दिनसम्म सञ्चालन हुनेछ।
प्रकाशित मिति: २०२५-०५-१८ , समय : १२:३७:४५ , ७ दिन अगाडि