भुटानका राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ए डिभिजन लिग खेल्ने
मिति: २०२३-०३-२९ , समय : १५:५२:३२ , आवर प्रदेश
मिति: २०२३-०३-२९ , समय : १५:५२:३२ , आवर प्रदेश
आवर प्रदेश
भुटानका राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । उनले मछिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग खेल्ने भएका हुन् ।
चेन्चो यसअघि भारतको आईलिग क्लब पञ्जाबबाट खेलेका थिए । उनले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङसँगै एउटै टिमबाट खेल्दै पञ्जाबलाई आईलिग च्याम्पियन बनाएका थिए ।
चेन्चो राम्रा फरवार्ड हुन् । उनले इन्डियन सुपर लिग (आईएसएल) मात्रै दुई पटक खेलेका छन् । २६ वर्षीय चेन्चोले राष्ट्रिय टिममा ३२ खेलबाट ११ गोल गरेका छन् ।
लगातार दुई पटकको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब जारी सिजनमा भने कमजोर देखिएको छ । पाँचौँ राउण्डका खेल सकिँदासम्म मछिन्द्र क्लबले एक खेलमा मात्रै जित निकालेको छ । दुई खेलमा हार र दुई खेलमा जित निकालेको मछिन्द्रले खराब प्रदर्शन गरिरहँदा राम्रा फरवार्डका रूपमा चेन्चोलाई भित्र्याएका हुन् ।
११औँ स्थानमा रहेको मछिन्द्रले जारी ए डिभिजन लिगमा पाँच अंक मात्रै बनाएको छ ।
प्रकाशित मिति: २०२३-०३-२९ , समय : १५:५२:३२ , २ वर्ष अगाडि