भारतको नयाँ कप्तान यादव।
मिति: २०२३-११-२१ , समय : १४:५२:३८ , Our Pradesh
मिति: २०२३-११-२१ , समय : १४:५२:३८ , Our Pradesh
Our Pradesh

अस्ट्रेलियाविरूद्ध घरेलु मैदानमा हुने पाँच खेलको टी-२० सिरिजका लागि भारतले राष्ट्रिय टिम घोषणा गरेको छ।


जसमा भारतले अधिकांस अनुभवी खेलाडीलाई आराम दिएको छ। कप्तानको जिम्मेवारी सूर्यकुमार यादवलाई दिइएको छ। सिरिज बिहीबारदेखि सुरु हुँदैछ।


भारतले एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग हारेको चार दिनपछि टी-२० सिरिज हुन लागेको हो। भारतको विश्वकप टिममा रहेका यादवसहित इशान किसन र अक्षर पटेलले मात्र टी-२० सिरिज खेल्नेछन्।
एसियाली खेलकुदमा भारतलाई स्वर्ण पदक जिताएका भिभिएस लक्ष्मणले पाँचवटा टी–२० खेलका लागि प्रशिक्षकको भूमीका निर्वाह गर्नेछन्।
पहिलो खेल विशाखापट्टनममा २३ नोभेम्बरमा हुनेछ। त्यसपछि २६ र २८ मा नोभेम्बर तथा १ र ३ डिसेम्बरमा खेल हुनेछ।
प्रकाशित मिति: २०२३-११-२१ , समय : १४:५२:३८ , २ वर्ष अगाडि