सोह्रश्राद्धको बाहुन जस्तो भएँ: मन्त्री किराँती

मिति: २०२३-०३-२७ , समय : १४:११:५५ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको गुनासो गरेका छन ।

काठमाडौंमाअमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरेपनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताएका हुन ।

उनले मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिँड्ने सोहश्राद्धको बाहुन जस्तो भएको टिप्पणी गरे ।

मन्त्री किराँतीले राजनीतिज्ञ र क्रान्तिकारीहरु अरुको तुलनामा झनै बढी प्रेमिल हुने बताए । उनले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताए ।

प्रकाशित मिति: २०२३-०३-२७ , समय : १४:११:५५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित