रास्वपाको उम्मेदवार छनोट रूपरेखा सार्वजनिक, आर्थिक चलखेल पूर्ण रूपमा निषेध

मिति: २०२६-१०-१४ , समय : २०:५०:३९ , Our Pradesh

Our Pradesh

रास्वपाको उम्मेदवार छनोट रूपरेखा सार्वजनिक, आर्थिक चलखेल पूर्ण रूपमा निषेध

विराटनगर
स्थानीय निर्वाचनका लागि उमेदवार छनोट रुपरेखा २०८३
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा सार्वजनिक गरेको छ। पार्टीले कुनै व्यक्ति विशेषको तजबिजका आधारमा नभई विधिसम्मत प्रक्रियाबाट उम्मेदवार छनोट गर्ने जनाएको छ।

पार्टी विधानमा निहित मान्यतालाई आत्मसात् गर्दै एकभन्दा बढी आकाङ्क्षी रहेका अवस्थामा उम्मेदवार छनोट गर्न स्पष्ट रूपरेखा तयार गरिएको रास्वपाले जनाएको छ।

उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र विधिसम्मत बनाउने उद्देश्यले तयार गरिएको रूपरेखामा आर्थिक लेनदेन तथा चलखेललाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ।

पार्टीले उम्मेदवार छनोटमा व्यक्तिविशेषको स्वेच्छा वा तजबिजभन्दा निर्धारित विधि र प्रक्रियालाई प्राथमिकता दिने जनाएको छ। यसले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने पार्टीको अपेक्षा छ।

रास्वपाले सार्वजनिक गरेको उक्त रूपरेखा आगामी स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक आकाङ्क्षीहरूको छनोट प्रक्रियामा लागू हुने जनाइएको छ।

प्रकाशित मिति: २०२६-१०-१४ , समय : २०:५०:३९ , ९ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित