कोशी प्रदेश प्रहरी प्रमुखबाट पदभार ग्रहण

मिति: २०२३-०४-२३ , समय : १७:४०:३० , आवर प्रदेश

आवर प्रदेश

बिराटनगर, बैशाख १० गते । नेपाल सरकार गृहमन्त्रालयको मिति २०८०।०१।०६ गतेको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनु भएका निमित्त कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले दर्ज्यानि चिन्ह सु-शोभन पश्चात कार्यालयमा हाजिर हुनु भई आजै पदभार ग्रहण गर्नु भएको हो ।

पदभार ग्रहण पश्चात प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०४-२३ , समय : १७:४०:३० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित