विराटनगर कारागारमा लुकाएर लगिएको ४८० थान शंकास्पद लागुऔषध बरामद, दुई महिला प्रहरीको नियन्त्रणमा
मिति: २०२६-१०-१५ , समय : १४:०५:०४ , Our Pradesh
मिति: २०२६-१०-१५ , समय : १४:०५:०४ , Our Pradesh
Our Pradesh
विराटनगर कारागारमा लुकाएर लगिएको ४८० थान शंकास्पद लागुऔषध बरामद, दुई महिला प्रहरीको नियन्त्रणमा
विराटनगर। मोरङको विराटनगरस्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा नियमित चेकजाँचका क्रममा ४८० थान ट्याबलेट बरामद भएको छ। उक्त ट्याबलेट शरीरमा लगाउने प्याडभित्र लुकाएर कारागारभित्र लैजान खोजिएको अवस्थामा फेला परेको हो।


२०८३ असोज २९ गते दिउँसो १२:३० बजे विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागार कार्यालयको मुख्य गेटमा ड्युटीमा खटिएका सुरक्षाकर्मीले नियमित चेकजाँच गर्ने क्रममा दुई महिलाले लुकाएर ल्याएका ट्याबलेट फेला पारेका हुन्।


प्राप्त विवरणअनुसार सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी मेलिना तामाङ र पूर्णिमा तामाङले भित्री वस्त्रमा प्रयोग गरिने प्याडभित्र लुकाएर ल्याएको अवस्थामा हरियो रङका २४० थान र सुन्तला रङका २४० थान गरी जम्मा ४८० थान ट्याबलेट बरामद गरिएको हो।
बरामद ट्याबलेटसहित दुवै महिलालाई आवश्यक कारबाहीका लागि सोही दिन दिउँसो १२:५० बजे कारागार कार्यालयमा खटिएको नेपाल प्रहरीको टोलीलाई बुझाइएको जनाइएको छ।
बरामद ट्याबलेटको प्रकृति तथा घटनासम्बन्धी थप विवरण भने सम्बन्धित निकायको अनुसन्धानपछि स्पष्ट हुने छ।
प्रकाशित मिति: २०२६-१०-१५ , समय : १४:०५:०४ , १५ घन्टा अगाडि