सुनवर्षी नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न।।

मिति: २०२३-०४-२६ , समय : ११:२५:३० , आवर प्रदेश

आवर प्रदेश

सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका वडा न -६ स्थित पटियापडामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सुनवर्षी नगरपालिकाले आ.व. २०७९/०८० को सार्वजनिक सेवा प्रवहा सम्बन्धि सार्वजनिक सुनुवाई गरेको हो ।

कार्यक्रममा सुनवर्षीका विभिन्न राजनीति दलका प्रतिनिधि ,शिक्षक,युवा क्लब,महिला संजाल,बाल क्लबका प्रतिनिधि ,सुरक्षाकर्मी,पत्रकार लगायत समाजका बुद्धिजीवी ,समाजसेवी लगायतको उपस्थिति रहेको सुनवर्षी नगरपालिकाले बताएको छ । सार्वजनिक सुनुवाईमा आ.व २०७९/८० को सम्पुर्ण आम्दानी तथा खर्च बिवरण सुनवर्षी नगरपालिकाका लेखा अधिकृत देवेन्द्र थापाले प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाईमा उपस्थित अधिकांशले सुनवर्षी नगरपालिकाले गरेको राम्रो कामहरुको तारिफ गरेका थिए भने केही सुधार गर्नु पर्ने पक्षका बिषयमा पनि सवाल उठेको थियो ।उपस्थित अधिकांशले नगरको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बढ्दै गएको बेथितिको बिषयमा आवाज उठाएका थिए भने बजार अनुगमन ,पुर्वाधारको बिषयमा पनि प्रश्नहरु उठेको सुनवर्षी नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत रुद्र प्रसाद पौडेलले बताए । सार्वजनिक सुनुवाईमा उठेको हरेक सवालको सुनवर्षी नगरपालिकाका सम्बन्धि जनप्रतिनिधि ,तथा बिषयगत साखाका साखा प्रमुख लगायत नगरपालिकाले दिएको दुलालले बताए ।

जनताबाट अनुमोदन भएर आएपछी जनताको बिचमा हामी पट -पटक जानू पर्छ र जनताको गुनासोहरु सुन्नु हामी जनप्रतिनिधिको कर्तब्य हो त्यसै कारण हामीले यो सार्वजनिक सुनुवाईको आयोजना गरेको सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजबंशीले बताए । जनताबाट आएको गुनासो तथा सुझावलाई हामीले हाम्रो कामलाई थप सुधार गर्दै अझ गुणस्तरीय काम गर्दै जाने छौँ र आगामी दिनमा सार्वजनिक सुनुवाईलाई निरन्तरता दिने छौँ साथै आगामी आर्थिक बर्षदेखि हरेक वडामा सार्वजनिक सुनुवाई गर्ने उनले बताए ।

बजार अनुगमन ,शिक्षा स्वास्थ्य क्षेत्रमा बिशेष अनुगमन गर्ने सुनवर्षी नगरपालिकाकी उपमेयर मिरादेबि दासले बताइन् । सार्वजनिक सुनुवाईलाई निरन्तरता दिने समेत दासले बताए । सार्वजनिक सुनुवाईलाई पत्रकार मिडिया प्रा.लिले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति: २०२३-०४-२६ , समय : ११:२५:३० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्