आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

मिति: २०२३-०४-२६ , समय : १७:२०:१८ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, १३ वैशाख । म्याग्दी, रघुगंगा गाउँपालिका-१ बादुक बस्ने ६७ वर्षीय जगविर विकको कच्ची घरमा मंगलबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा लगायतका सरसामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्सैगरी मकवानपुर, राक्सिराङ गाउँपालिका-५ बस्ने गहिराम प्रजाको दुई वटा घरमा मंगलबार दिउँसो आगलागी हुँदा घर, नगद ३ लाख रूपैयाँ, लत्ताकपडा, अन्नपात भाँडाबर्तन, गर-गहना र मौरीको घार ७० वटा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२६ , समय : १७:२०:१८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित