सवारी दुर्घटनामा दुई जनाको मृत्यु
मिति: २०२३-०४-२७ , समय : १४:३९:५६ , आवर प्रदेश
मिति: २०२३-०४-२७ , समय : १४:३९:५६ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, १४ वैशाख। धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-३ मुर्चोकस्थित सडकमा ना। ५ त ९३६० नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय सन्तोष कुवँरको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।
त्सैगरी गुल्मी, मालिका गाउँपालिका(२ खल्टिङ खोलास्थित सडकमा लु। १ च ९९११ नम्बरको जिप अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा सह-चालक बाग्लुङ बडिगार्ड गाउँपालिका(९ बल्घास बस्ने १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका चालकलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२७ , समय : १४:३९:५६ , २ वर्ष अगाडि