श्रीमतीको हत्या गरी बास्तबिक परिचय लुकाई बसेका व्यक्ति १८ वर्षपछि पक्राउ
मिति: २०२३-०४-२७ , समय : १७:१६:२८ , आवर प्रदेश
मिति: २०२३-०४-२७ , समय : १७:१६:२८ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, १४ वैशाख। आफ्नै श्रीमतीको हत्या गरी बास्तविक परिचय लुकाई बसेका अर्घाखाँची वल्कोट स्थायी वतन भई काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी ढल्कु डेरा गरी बस्ने ५८ वर्षीय खुमे दर्जीलाई घटनाको १८ वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ ।
खुमे दर्जीले रुपन्देही साविक दुधराक्ष गाविस-३ बुद्धनगरमा बसोबास गरेको अवस्थामा २०६१ मंसिर २४ गते कान्छी श्रीमती ४० वर्षीया राधिका दर्जीलाई मादक पदार्थ सेवन गरेको विषयमा चिर्पट प्रहार गरी हत्या गरी फरार रहेका थिए । भारतको दिल्लीमा करिब ३ वर्ष काम गरी नेपाल आई काठमाडौं क्षेत्रपाटी ढल्कुमा वास्तविक पहिचान लुकाई दिपक रानाको नाममा लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौं क्षेत्रपाटी ढल्कुबाट पक्राउ गरेको हो ।
उनलाई थप कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीमा बुझाइएको छ ।
प्रकाशित मिति: २०२३-०४-२७ , समय : १७:१६:२८ , २ वर्ष अगाडि