सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु
मिति: २०२३-०४-३० , समय : १४:४०:५६ , आवर प्रदेश
मिति: २०२३-०४-३० , समय : १४:४०:५६ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, १७ वैशाख । धनुषा, धनुषाधाम नगरपालिका-९ धारापानी चौकस्थित सडकमा बा।४ च ७८४६ नम्बरको कारले स।८ प १५४६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा धनुषाधाम नगरपालिका-९ बस्ने ४० वर्षीय कुल बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राम जानकी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्सैगरी झापा, दमक नगरपालिका-९ बरगाछीस्थित सडकमा प्र(१(०१(०१५ प ४२५१ नम्बरको स्कुटरलाई प्र १(०२(०४३ प ८५२३ नम्बरको मोटरसाइकलले शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका-३ बस्ने ३० वर्षीय विबेक धिमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-३० , समय : १४:४०:५६ , २ वर्ष अगाडि