जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

मिति: २०२३-०५-०३ , समय : ११:२६:०६ , आवर प्रदेश

आवर प्रदेश

दाङ, २० वैशाख। घोराही उपमहानगरपालिका-१८ नवलपुरस्थित स्युजाली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१७ बस्ने ४६ वर्षीय माधव गैरे समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालोय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार २ सय ७० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-०३ , समय : ११:२६:०६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित