म्याग्दीमा एक जनाको झरना अवलोकन गर्ने क्रममा चिप्लिएर मृत्यु

मिति: २०२३-०५-०६ , समय : १५:११:२० , आवर प्रदेश

आवर प्रदेश

अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार एक जनाको मृत्यु भएको छ ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना अवलोकन गर्ने क्रममा भण्डारी टेकेको ढुङ्गाबाट चिप्लिएर खसेका थिए ।

प्रकाशित मिति: २०२३-०५-०६ , समय : १५:११:२० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित