हिउँ पहिरोमा परेर जुम्लामा तीन जनाको मृत्यु

मिति: २०२३-०५-०७ , समय : १०:३२:०६ , आवर प्रदेश

आवर प्रदेश

मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ ।

यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनामध्ये तीन जनाको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् । उनका अनुसार अरु सामान्य घाइते भएका छन् । दुई जना सकुशल रहेको खबर प्राप्त भएको छ ।

प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । उनीहरूको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले जानकारी दिइन् ।

शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के–कसरी घटना भयो ? हिउँपहिराका कारण हो कि अन्य कारण हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले अगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् । बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो ।

प्रकाशित मिति: २०२३-०५-०७ , समय : १०:३२:०६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित