नेपाली नागरिकता बनाउने १० जना भारतीय नागरिक पक्राउ
मिति: २०२३-०५-०७ , समय : १५:१४:५२ , आवर प्रदेश
मिति: २०२३-०५-०७ , समय : १५:१४:५२ , आवर प्रदेश
आवर प्रदेश
प्रहरीले नेपाली नागरिकता बनाउने १० जना भारतीय नागरिकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा उनीहरुले नक्कली कागजात पेश गरेर वंशजको आधारमा नेपाली नागरिकता बनाएको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा भरतप्रसाद गुप्ता, ज्ञानमती देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता,भरत गुप्ता, स्नेहलता गुप्ता, रामप्रवेश गुप्तालगायत रहेका छन् ।
उनीहरूलाई लामो अनुसन्धानपछि राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको कार्यालयका प्रमुख मनोज केसीले जानकारी दिए । उनीहरु राजधानीमा विभिन्न पेशा व्यवसायमा संलग्न रहँदै आएको खुलेको छ ।
भारतीयहरूले सिरहा, बारा, पर्सा, रुपन्देहीलगायतका जिल्लाका प्रशासनमा फर्जी काजगात पेश गरेर नागरिकता लिएको खुलेको भन्दै प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: २०२३-०५-०७ , समय : १५:१४:५२ , २ वर्ष अगाडि