छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित ६ जना पक्राउ

मिति: २०२३-०५-०९ , समय : ११:४४:१६ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, २६ वैशाख। सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश आचार्यसमेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी सोही नगरपालिका-३ प्रगतिनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-३ घर भएका ३५ वर्षीय सलिम हलुवाईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी सोही नगरपालिका-४ भैरवस्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ४० वर्षीय दिपक पन्तलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर भन्सारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट १ ट्याब्लेटसहित सोही उपहानगरपालिका-५ हसनपुर बस्ने ३९ वर्षीय योगेश भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

त्सैगरी कपिलवस्तु, बाणगंगा नगरपालिका-४ दर्खास्त बस्ने २७ वर्षीय इश्वर सेनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्राम र नगद ४२ हजार २ सय ५० रूपैयाँसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै लागूऔषध खरिद विक्रीमा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-०९ , समय : ११:४४:१६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित