डडेलधुराबाट जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

मिति: २०२३-०५-०९ , समय : ११:५१:४८ , आवर प्रदेश

आवर प्रदेश

डडेलधुरा, २६ वैशाख। अमरगढी नगरपालिका-७ जोशीगाउँ बस्ने तिर्थ राज जोशीको कुखुरा पाल्ने खाली टहराभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय तेज कैनी समेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पोखरा र जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ३ सय ९५ रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-०९ , समय : ११:५१:४८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित