भुटानी शरणार्थी प्रकरण; संलग्नलाई कानुनी कारबाही गर्न राप्रपाको माग
मिति: २०२३-०५-१२ , समय : १८:१६:२५ , आवर प्रदेश
मिति: २०२३-०५-१२ , समय : १८:१६:२५ , आवर प्रदेश
आवर प्रदेश
सरिता कर्मकार
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने माग सहित देशभर वाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिंहदरबारमा भेटेर राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन लगायतका केन्द्रीय नेताहरुले बुझाएका छन भने अरु जिल्ला वाट राप्रपाका नेताहरुले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएका हुन ।
राप्रपाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘ राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनै पनि कुनै पनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ।तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ।’
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टिले विराटनगरमा भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध जिल्ला प्रशासन कार्यलय मोरङका सहायक प्रजिअ प्रदिप कुमार साहलाई ज्ञापन पत्र बुझाएको हो । नेपाली नागरीकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाउएको यस प्रकरण लगायतका भष्ट्रचारजन्य क्रियाकलापामा संलग्न सबै माथि छानबिन गरि कार्वाहीको माग सहित ज्ञापनपत्र बुझाएको हो ।
कार्यक्रममा मोरङ जिल्ला राप्रपाका अध्यक्ष माधव प्रसाद आर्चाय , केन्द्रिय सहप्रभक्ता दिनेश साह , प्रदेश सचिव भरत प्रसाद पोखरेल , केन्द्रिय सल्लाकार उद्धव चन्द्र घिमिरे , केन्द्रिय सदस्य विश्वमन थापा लगायत २सय जनाको उपस्थिती रहेको छ । ज्ञापनपत्रमा प्रधानमन्त्री दाहाललाई उच्च प्राथमिकता दिन र भ्रष्टचार काण्डका फायलहरु खेली उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गरी अबैध सम्पत्ति जफत गर्न माग गरिएको छ ।
प्रकाशित मिति: २०२३-०५-१२ , समय : १८:१६:२५ , २ वर्ष अगाडि