सप्तकोशीको पुलबाट ट्रक नदीमा खस्यो
मिति: २०२३-०७-१४ , समय : १२:०७:२० , ourpradesh
मिति: २०२३-०७-१४ , समय : १२:०७:२० , ourpradesh
ourpradesh
काठमाडौं, असार २९ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससँग ठोकिँदा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक सप्तकोशी नदीमा खसेको छ।
आज शुक्रवार बिहान पौने ८ बजेतिर कोसी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खसेको हो।
ट्रकभित्र रहेका तीन जनालाई प्रहरीले शकुशल उद्धार गरेको छ । उनीहरूको अवस्था सामान्य छ। भने बसमा सवार सबै जना शकुशल रहेको प्रहरीले बताएको छ। ट्रकलाइ भने नदीले बगाएको छ।
प्रकाशित मिति: २०२३-०७-१४ , समय : १२:०७:२० , २ वर्ष अगाडि