कार्तिक २८ गते मंगलबारको तपाईको दैनिक राशिफल

मिति: २०२३-११-१४ , समय : ०६:४३:५५ , पारस मण्डल

पारस मण्डल

आज मिति वि.सं. २०८० कार्तिक २८ गते मंगलबार ई.सं.२०२३ नोभेम्बर १४ नेपाल सम्बत ११४३ कछलाथ्व पारु, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक शुक्ल प्रतिपदा, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, शोभान योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ६: २३ बजे भयो भने सूर्यास्त साँझ ५: १२ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आर्थिक लाभ हुने समय छ । आज कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना पनि छ । स्वास्थ्यमा सामान्य समस्या रहन सक्छ, आहारविहारमा विशेष सतर्क रहनु हितकर होला । प्रायः सबै काम बन्नेछन् । मित्रजनको साथ सहयोग पनि पाइनेछ । रोकिएको काम बन्नेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुने दिन छ । खानपानमा एकदम सावधान रहनुहोला । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । समयले साथ नदिने देखिन्छ । खर्च पनि बढ्ला । पारिवारिक समस्याको भने समाधान मिल्ने देखिन्छ । रसरागमा आकर्षण रहला ।

 

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): विवेकको सही प्रयोग भइ चिताएको काममा सफलता पाइने समय छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रा सुखद रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पुराना साथीसँगको भेटघाटले मन रमाउने समय छ । धनलाभ होला । परिवारबाट सुखको अनुभूति पनि मिल्ला । सोचेका काममा सफलता मिल्नेछ । शुभ समाचार प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि रहला । पारिवारिक सुख मिल्नेछ ।

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): हाँसखेल र मनोरञ्जनका क्रममा दिन बित्नेछ । आज रमणीय र सुखद यात्राको योग पनि रहेको छ । परिवारमा खुशिको माहोल छाउला । आयबल र शुभता बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति रहनेछ ।

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबल बढ्ने समय भएपनि आजको दिन खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने योग रहेकोले सावधान रहनुहोला । स्वाास्थ्यपनि सामान्य कमजोर रहला छ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्य वृद्धि हुनेछ । बन्देैन भनेको काम पनि अथक प्रयासमा बन्ने समय छ । मित्रवर्ग एवम् आफन्तजनको सहयोग प्राप्त होला । आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहला । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । शुभ तथा सुखद यात्राको योग छ ।

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आम्दानीको बाटो खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी होला । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुने समय छ । स्वास्थ्य सवल रहला । साझेदारीको काम बन्नेछ । आरोग्यता रहला । दाम्पत्यसुख बढ्नेछ । रोग र शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

 

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): नयाँ कामको योजना बनाउँदा फाइदा हुने समय छ । काममा जाँगर आउला, धनको लाभ पनि हुनेछ । सन्तान पक्षबाट सुखको अनुभुति होला । ब्यापार-ब्यवसायबाट लाभ मिल्ने देखिन्छ । मनमा खुशी मिल्नेछ । आफन्तले काममा साथ दिने छन् । आरोग्यता र सुख बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

 

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने समय छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावनाका साथै चोटपटकको भय पनि रहला । हातहतियारबाट जोगिएर काम गर्नु हितकर होला । छिमेकमा सामान्य विवाद हुन सक्छ, संयमता अपनाइ व्यवहार गर्नुहोला । सन्तानपक्षबाट सुख मिल्नेछ । मिठो भोजन प्राप्त हुने समय छ । भ्रमणमा आकर्षण बढ्नेछ ।

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): धनमान प्राप्तिको साय छ । नोकरी र राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग रहेकोले सावधानी अपनाउनु हितकर होला । प्रेमभाव र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

 

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यस्तता बढ्ने र पराक्रम बढ्ने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउला । दाम्पत्य जीवन सुखद रहनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त होला । कृषिकार्यबाट विशेष फाइदा लिन सकिने छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आरोग्यता बढ्नेछ भने साझेदारीको काम बन्नेछ ।

तपाईको दिन शुभ रहोस्

 

प्रकाशित मिति: २०२३-११-१४ , समय : ०६:४३:५५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित