हाल रङ्गेली नगरपालीका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

मिति: २०२३-११-२८ , समय : १५:४१:५० , Our Pradesh

Our Pradesh

१२ मंसिर, काठमाडौं । सडक कालोपत्रे गर्दा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका पूर्व उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

 

 

 

 

अख्तियारले नगरपालिकाको तत्कालिन उपप्रमुख सविना कुमारी चौधरी, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, वडा नं. ३ का वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका नासु सुनील कुमार चौधरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुमाथि झुटो प्रतिवेदन दिएको आरोप छ ।

अख्तियारले यही घटनामा लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इञ्जिनियर देबेन्द्र नारायण चौधरी र सव–इञ्जिनियर हर्षलाल चौधरीमाथि सडक कालोपत्र गर्दा बढी रकम भुक्तानी गरी राज्यकोषमा हानीनोक्सानी पु¥याएको आरोप लगाएको हो ।

 

अख्तियारले उनीहरुमाथि झुट्टा बिल, नापी किताब र कार्यसम्पादन प्रतिवेदन नै झुटो बनाइ २ लाख १२ हजार रुपैयाँ बढी भुक्तानी गरेको आरोप लगाएको छ । अख्तियारले सडक पिच गर्ने ठेक्का पाएको जालपा सिद्ध निर्माण सेवा, सुनसरीका सञ्चालक नानु कुमारी निरौला विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

हाल प्रमुख प्रशासकीय अधिकृत रङ्गेली नगरपालिका मा कार्यरत रहेका छन।

 

प्रकाशित मिति: २०२३-११-२८ , समय : १५:४१:५० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित