विराटनगरको गोल्डेन हस्पिटलमा दाजु -बहिनी बन्धक
गोल्डेन हस्पिटलमा उपचारको लागी आएका थिए । तर उपचार भईसक्दा समेत उनिहरु आर्थिक अभावका कारण उपचारको पैसा तिर्न नसक्दा दुई महिना बन्धक भएर बस्नु पर्यो ।
मिति: २०२४-०८-१५ , समय : १४:५७:४९ , Our Pradesh
मिति: २०२४-०८-१५ , समय : १४:५७:४९ , Our Pradesh
Our Pradesh
विराटनगरको गोल्डेन हस्पिटलमा झण्डै दुई महिना देखी बन्धक भएका २७ बर्षिया देव किसुन मण्डल र उनकी बहिनी १७ बर्षिया सविता मण्डल बन्धन मुत्m भएर घर फर्किएका छन् । सुनसरीको कोशी गाउँपालीका ७ का दाजु बहिनी दुई महिना देखी हस्पिटलको पैसाा तिर्न नसक्दा बन्धक भएर बसेका थिए ।
छिमेकमा झगडा हुदाँ चोटपटक लागेपछी उनीहरु असार ५ गते विराटनगरको गोल्डेन हस्पिटलमा उपचारको लागी आएका थिए । तर उपचार भईसक्दा समेत उनिहरु आर्थिक अभावका कारण उपचारको पैसा तिर्न नसक्दा दुई महिना बन्धक भएर बस्नु पर्यो ।
एक लाख ८३ हजार ६ सयको विल हस्पिटलले दिएको त्यस मध्ये मण्डल परिवारले हस्पिटललाई ७२ हजार र फामेर्शीलाई २३ हजार रकम बुझाएका थिए । विलको रकम १ लाख ८३ हजार भएपनी हस्पिटलले पाँच लाख मागेको पिडित परिवारको गुनासो रहेको छ ।
असार ५ गते हस्पिटल भर्ना भएका दाजु वहिनी असार १७ गते सम्म ठिक भए पनी हस्पिटलले धेरै रकम जोडेर दुई महिना सम्म छोराछोरीलाई बन्धक बनाएर राखेको पिडितका बुवा साधु मण्डलले बताएका छन् । हस्पिटलले धेरै पैसा जोडेर भनेको र पतर्न नसक्दा छोराछोरीलाई बन्धक बनाएको उनी बताउँछन् ।
बन्धक बनाए
प्रकाशित मिति: २०२४-०८-१५ , समय : १४:५७:४९ , १० महिना अगाडि