वडा अध्यक्षमाथि यौन शोषणको आरोप: नगरपालिकाले छानबिन समिति गठन

मिति: २०२४-०८-२४ , समय : २३:४३:०८ , Our Pradesh

Our Pradesh

वडा अध्यक्षमाथि यौन शोषणको आरोप: मौलापुर नगरपालिकाले छानबिन समिति गठन

रौतहट – मौलापुर नगरपालिका–९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि एक विवाहित महिलाले पाँच वर्षदेखि यौन शोषण गरेको आरोप लगाएपछि नगरपालिकाले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। ती महिलाले बिहेको प्रलोभनमा आफूलाई लगातार यौन शोषण गरेको आरोप लगाउँदै एक भिडियो सार्वजनिक गरेकी थिइन्, जुन सामाजिक सञ्जालमा भाइरल भएको थियो।

यस घटनापछि मौलापुर नगरपालिकाका मेयर रिना साहको निर्देशनमा उपमेयर नागेन्द्र यादवको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार, समितिको प्रतिवेदनपछि कार्यपालिकाले आवश्यक कारबाहीबारे निर्णय लिने छ। समितिमा वडा १ का वडाध्यक्ष जयनाथ कुशवाहा, कार्यपालिका सदस्य प्रतिमा साह, आशादेवी साह र अधिकृत अच्छेलाल साह सदस्य रहेका छन्।

प्रकाशित मिति: २०२४-०८-२४ , समय : २३:४३:०८ , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित