क्यानडामा आज नेपाल र क्यानडाबीच एकदिवसीय अन्तर्राष्ट्रिय खेल, नेपाल उच्च मनोबलसहित मैदानमा

मिति: २०२४-०९-१६ , समय : ११:०३:३० , Our Pradesh

Our Pradesh

क्यानडामा आज नेपाल र क्यानडाबीच एकदिवसीय अन्तर्राष्ट्रिय खेल, नेपाल उच्च मनोबलसहित मैदानमा

गत फेब्रुअरीमा नेदरल्यान्डसँग ८ विकेटले पराजित भएपछि, नेपाल आज पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको छ। नेपाली समय अनुसार राति ७:४५ बजे क्यानडाको ओन्टारियोमा हुने खेलमा नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

नेपालले भारत र श्रीलंकामा गरेको तयारी र टी-२० विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको उत्कृष्ट प्रदर्शनपछि क्यानडा भ्रमणमा उच्च मनोबलका साथ शतप्रतिशत नतिजा ल्याउने लक्ष्य राखेको छ। त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले ओमान र घरेलु टोली क्यानडासँग डबल राउण्ड रोबिनका आधारमा खेल्नेछ।

यसपछि, नेपालले अमेरिका भ्रमण गर्दै स्कटल्यान्ड र अमेरिकासँग अर्को लिग-२ सिरिज खेल्नेछ।

 

प्रकाशित मिति: २०२४-०९-१६ , समय : ११:०३:३० , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित