गोरु, गोवर्द्धन र हली पूजा आज मनाइँदै

मिति: २०२४-११-०२ , समय : ०८:४४:०० , Our Pradesh

Our Pradesh

गोरु, गोवर्द्धन र हली पूजा आज मनाइँदै

रङ्गेली, १७ कात्तिक २०८१, शनिबार – तिहारको चौँथो दिन आज देशभर गोरु, गोवर्द्धन, र हली पूजाको महत्त्वपूर्ण परम्परा मनाइँदैछ। कात्तिक शुक्ल प्रतिपदाको दिनलाई यमपञ्चक अर्थात् तिहारको चौँथो दिनका रूपमा, कृषि कर्ममा योगदान गर्ने गोरु र किसानहरूको सम्मानमा विविध धार्मिक विधिहरूका साथ मनाइने गरिन्छ।

 

आजको दिन गोरुलाई विशेष पूजा गरी मिठाई र विशेष परिकार खुवाउने परम्परा छ, जसले गोरुका प्रतीकात्मक महत्वलाई उजागर गर्दछ। महादेवको वाहन साँढेका रूपमा समेत पूजा गरिने गोरुले मानिसको सेवा र कृषि उत्पादनमा गरेको योगदानको प्रतीकका रूपमा सम्मान पाउँछ। यसैगरी, हली वा गोरु जोत्ने किसानहरूलाई समेत श्रद्धापूर्वक पूजा गरि सम्मान गरिन्छ, जसले गर्दा यस दिनलाई हली तिहारको रूपमा पनि चिनिन्छ।

यसै अवसरमा गोवर्द्धन पूजा समेत गरिन्छ। आँगनमा गाईको गोबरको पर्वत निर्माण गरी भगवान श्रीकृष्णले गोकुलवासीलाई जलप्रलयबाट बचाउन गोवर्द्धन पर्वत उचालेको प्रसंगको सम्झनामा पूजा गरिन्छ।

 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, यो पर्व कात्तिक शुक्ल प्रतिपदा र सूर्योदयको दिन अनुष्ठान गर्नुपर्ने धार्मिक विधि रहेको छ।

 

प्रकाशित मिति: २०२४-११-०२ , समय : ०८:४४:०० , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित