भिरबाट खसेको पर्यटकको उद्धार ।।

मिति: २०२३-०३-३० , समय : १०:३४:५२ , आवर प्रदेश

आवर प्रदेश

पोखरा । पथ पर्यटनको क्रममा मनाङको नासोँ गाँउपालिका २ खोत्रो भिरमा २०० मिटर तल खसेका चिनिँया पर्यटक श्जबलन न्गयअबष् को नेपाल प्रहरी टोलीले स्थानिय नागरिकको सहयोगमा उद्धार गरेको छ । मर्स्याङदी नदी किनारमा रहेको गोरेटो बाटोमा हिड्ने क्रममा न्गयअबष् बाटोबाट तल खसेका थिए । घटनाको सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मनाङ चामेबाट खटिएको प्रहरी टोलीले निजको उद्धार गरि प्राथमिक उपचार गरेको थियो घाईतेको स्वास्थ्य अवस्था गम्भिर भएकाले उपाचारको लागि स्वास्थ्य चौकी ताल हुँदै लमजुङको बेसिशहर पुर्‍याइएको छ भने घटनास्थलमा प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२३-०३-३० , समय : १०:३४:५२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित