स्थानीय तह उपनिर्वाचन: आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिँदै
मिति: २०२४-११-२० , समय : ०७:४३:५१ , Our Pradesh
मिति: २०२४-११-२० , समय : ०७:४३:५१ , Our Pradesh
Our Pradesh
स्थानीय तह उपनिर्वाचन: आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिँदै
काठमाडौं – आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम तय गरेको छ। मंगलबार उम्मेदवारको नामावली सार्वजनिक गरेसँगै आयोगले उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने, र चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची राखेको छ।
आयोगका अनुसार, आज बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। त्यसपछि, १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक हुनेछ। त्यसपछि उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ।
यसअघि, आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहका लागि ४१० उम्मेदवारले मनोनयन दर्ता गराएका थिए। यी ४४ स्थानमा दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिका प्रमुख, एक उपमेयर, दुई गाउँपालिका अध्यक्ष, तीन उपाध्यक्ष, र ३५ वडाध्यक्षका पद रिक्त छन्।
उपनिर्वाचन हुने अधिकांश स्थानीय तहमा नेपाली कांग्रेसका निर्वाचित जनप्रतिनिधिहरू रहेका छन्। कांग्रेसबाट निर्वाचित तीन पालिका प्रमुख, दुई जिल्ला समन्वय समिति प्रमुख, तीन उपाध्यक्ष, र १६ वडाध्यक्षको पद खाली भएको छ। नेकपा एमालेका सात वडाध्यक्ष, माओवादी केन्द्रका दुई उपाध्यक्ष र छ वडाध्यक्ष, जसपाका एक वडाध्यक्ष, र एक स्वतन्त्र वडाध्यक्षको निधन भइसकेका कारण ती स्थान रिक्त छन्।
निर्वाचन आयोगको कार्यतालिका अनुसार, उम्मेदवारको अन्तिम नामावली र चुनाव चिन्ह वितरणपछि प्रचारप्रसार तीव्र हुने अपेक्षा
गरिएको छ।
प्रकाशित मिति: २०२४-११-२० , समय : ०७:४३:५१ , ६ महिना अगाडि