सहारा नेपालद्वारा ऋण मिनाहा
संस्थाकी शेयर सदस्य श्री दुर्गा देवी ढकालले २०८० मंसिरमा लघु उद्यम कर्जा योजनामा ऋण लिएकी थिइन्। केही महिना अघि उनको श्रीमानको दुःखद निधन भएको थियो।ऋणको कुल रकम ६ लाख ७० हजार रहेको थियो। हालै संस्थाको निती नियम अन्तर्गत उनलाई यो ऋण मिनाहा गर्ने निर्णय गरेको हो।
मिति: २०२४-१२-०३ , समय : १४:३७:४३ ,
राम कुमार शर्मा
राम कुमार शर्मा
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था रतुवामाई–६ सिजुवा सेवा केन्द्रमार्फत दुर्गा देवी ढकालको ऋण मिनाहा गरेको छ। संस्थाले सदस्य शिक्षा विस्तार मञ्च तथा ऋण मिनाहा कार्यक्रममा यो जानकारी गरेको हो।
संस्थाकी शेयर सदस्य श्री दुर्गा देवी ढकालले २०८० मंसिरमा लघु उद्यम कर्जा योजनामा ऋण लिएकी थिइन्। केही महिना अघि उनको श्रीमानको दुःखद निधन भएको थियो।ऋणको कुल रकम ६ लाख ७० हजार रहेको थियो। हालै संस्थाको निती नियम अन्तर्गत उनलाई यो ऋण मिनाहा गर्ने निर्णय गरेको हो।
साकोस सिजुवा केन्द्रका समिति संयोजक बैजनाथ शर्माले भने, “हामी हाम्रा सदस्यहरूको हरेक अवस्थामा साथ दिन्छौं र यो ऋण मिनाहाले सदस्यको दुखेको घाउमा थोरै भएपनी मलम पट्टी लगाऊने कार्य गरेको छ यस्ता कार्यले संस्थाको मानवीय पक्ष देखाउँछ।” प्रमुख अतिथि रतुवामाईका संस्थापक मेयर श्री
रबिन राईले पनि भने, “सहकारीको मुख्य उद्देश्य सदस्यहरूको आर्थिक मद्दत गर्नु हो, र यसो गर्दा उनीहरूको मनोबल बढ्छ।”

स्वर्गीय गोविन्दप्रसाद ढकालका परिवारलाई ६ लाख ७० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो। दुर्गा देवी ढकालले ऋण मिनाहा पछि खुशी व्यक्त गर्दै भनिन्, ” साचै सहारा मेरो दुःखद घडिमा साहारा बनेर आयो।
अब म अझ बढी आत्मविश्वास र उत्साहका साथ आफ्नो व्यवसाय अगाडि बढाउँछु।”
कार्यक्रम संस्थाको सेवा केन्द्र समिति संयोजक बैजनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रकाशित मिति: २०२४-१२-०३ , समय : १४:३७:४३ , ६ महिना अगाडि