रङ्गेली नगरपालिकाको उपमेयरको गाडी दुर्घटनामा

मिति: २०२५-०१-२० , समय : १४:०७:०७ , Our Pradesh

Our Pradesh

रङ्गेली नगरपालिकाको उपमेयरको गाडी दुर्घटना

 

रङ्गेली नगरपालिकाको उपमेयरको गाडी २०८१ माघ ६ गते राति करिब ८:२० बजे कर्सिया बजारभन्दा करिब डेढ किलोमिटर उत्तरमा दुर्घटनामा परेको छ। बा १झ ५४३ नम्बरको सिल्भर रङको स्कोर्पियो गाडी अनियन्त्रित भई बाटोको पश्चिमतर्फ पल्टिएको हो।

 

गाडीमा सवार चालक ज्योति घिमिरे सामान्य घाइते भएका छन्, भने नगरपालिका कर्मचारी गणेश महतोको घाँटीमा चोट लागेको छ। महतोको हाल विराटनगरमा उपचार भइरहेको छ।

दुर्घटना करिब ७ बजे कर्मचारी करण ठाकुरलाई घर छोडेर फर्किने क्रममा भएको थियो। घटनास्थलमा बाटो मर्मत भइरहेको र लेबल नमिलेको कारण गाडी उछिटिएर पल्टिएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

दुर्घटनामा गाडी पूर्णरूपले क्षतिग्रस्त भए पनि ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। घटनाबारे थप विवरण प्रतीक्षा

रत छ।

 

प्रकाशित मिति: २०२५-०१-२० , समय : १४:०७:०७ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित