मोरङका वरिष्ठ पत्रकार केशव न्यौपानेको असामयिक निधन
मिति: २०२५-०४-२९ , समय : ०७:१२:२१ , Our Pradesh
मिति: २०२५-०४-२९ , समय : ०७:१२:२१ , Our Pradesh
Our Pradesh
मोरङका पत्रकार केशव न्यौपानेको असामयिक निधनमोरङ जिल्लाका पुराना तथा लोकप्रिय पत्रकार केशव न्यौपाने अब हामी माझ रहनु भएन। केही समयदेखि स्वास्थ्य अवस्था बिग्रँदै गएका उहाँको हिजो राति नोबेल अस्पतालमा उपचाररत रहँदै दुःखद निधन भएको खबर प्राप्त भएको छ। आज बिहान करिब १० बजे तिरुपति आर्यघाट रङ्गेलीमा उहाँको अन्तिम संस्कार गरिने कार्यक्रम तय भएको छ।
सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामा समर्पित रहेर समाज रूपान्तरणमा अतुलनीय योगदान पुर्याएका न्यौपानेको निधनले सम्पूर्ण पत्रकारिता क्षेत्र गहिरो शोकमा डुबेको छ। उहाँ संसारी मन्दिर रङ्गेलीको सुरुकालदेखि नै सचिवको पद सम्हालेर मन्दिरलाई सेवा गरिरहनुभएको थियो। संसारी मन्दिरले आज यहाँसम्म पुर्याउनमा वहां को पनि ठूलो योगदान रहेको छ।
स्व. केशव न्यौपानेप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै उहाँको पवित्र आत्माको चिरशान्तिको कामना व्यक्त गर्दछौं।
प्रकाशित मिति: २०२५-०४-२९ , समय : ०७:१२:२१ , ४ हप्ता अगाडि