रङ्गेली–२ मङ्गलबारेमा सवारी दुर्घटना: मोटरसाइकल चालक गम्भीर घाइते, बस र ट्र्याक्टर प्रहरी नियन्त्रणमा

मिति: २०२५-०४-३० , समय : २१:२५:१६ , Our Pradesh

Our Pradesh

रङ्गेली–२ मङ्गलबारेमा सवारी दुर्घटना: मोटरसाइकल चालक गम्भीर घाइते, बस र ट्र्याक्टर प्रहरी नियन्त्रणम

मोरङको रङ्गेली नगरपालिका–२ मङ्गलबारेस्थित नहर छेउमा आज साँझ भएको एक सवारी दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन्।

को १ त ४७२७ नम्बरको ट्र्याक्टर, कालो रङको Super Splendor मोटरसाइकल र विपरीत दिशाबाट आएको बस (प्र. १–०४–००१ ख–००२१) बीचको भिडन्तमा रङ्गेली–९, युवाचोकका डकेन्द्र घिमिरे गम्भीर घाइते भएका हुन्।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, मोटरसाइकल विराटनगरबाट रङ्गेलीतर्फ (पूर्वबाट पश्चिम) आउँदै थियो भने बस रङ्गेलीबाट विराटनगरतर्फ (पश्चिमबाट पूर्व) जाँदै थियो। बसले मोटरसाइकललाई ठक्कर दिँदा सोही दिशाबाट गइरहेको ट्र्याक्टर (को १ त ४७२७) अगाडि मोटरसाइकल लडेर ठोक्किएको थियो। ट्र्याक्टरले अचानक ब्रेक लगाएपछि मोटरसाइकल केही परसम्म घिसारिएको बताइएको छ।

घटनापछि गम्भीर घाइते घिमिरेलाई रङ्गेली अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ।

हाल बस, ट्र्याक्टर र मोटरसाइकल प्रहरी नियन्त्रणमा छन्। बस चालकलाई नियन्त्रणमा लिइएको छ भने ट्र्याक्टर चालक फरार रहेका छन्। घटनाबारे यथार्थ विवरण बुझ्न प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ।

प्रकाशित मिति: २०२५-०४-३० , समय : २१:२५:१६ , ४ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित