जागेश ठाकुर, आयुषा विश्वकर्मा र आर्यन सोनीको त्रिकोणीय धमाका ‘गोली माईर देबौ’ शुक्रवार आउँदै
मिति: २०२५-०५-०१ , समय : २२:०९:३३ , Our Pradesh
मिति: २०२५-०५-०१ , समय : २२:०९:३३ , Our Pradesh
Our Pradesh
‘गोली माईर देबौ’ पोस्टर सार्वजनिक, शुक्रवारबाट गीत आउँदै
बिराटनगर, आवर प्रदेश – चर्चित गायक जागेश ठाकुरको स्वरमा रहेको नयाँ गीत ‘गोली माईर देबौ’ को पोस्टर सार्वजनिक गरिएको छ। गीत यही शुक्रवार साँझ ६ बजे ब्रान्ड भिडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिने भएको हो।
सार्वजनिक पोस्टरमा प्रेम र एक्सनको समायोजन देखिएको छ, जसले स्रोतामाझ उत्सुकता बढाएको छ। भिडियोमा आर्यन सोनी र आयुषा विश्वकर्माको अभिनय देख्न पाइनेछ।
गायक जागेश ठाकुर यसअघि पनि ‘हम बदमास अमर यार बदमास’ बोलको गीतमार्फत चर्चाको शिखरमा पुगेका थिए। भक्ति र मैथिली भाषा गीतमा उनी अब्बल र उत्कृष्ट गायकका रूपमा चिनिंदै आएका छन्। उनको स्वर युवापुस्तामाझ विशेष लोकप्रिय छ।
गीत ‘गोली माईर देबौ’ मा धर्मेन्द्र शर्माको संगीत रहेको छ भने भिडियोको निर्माण तथा प्रस्तुति ब्रान्ड भिडियो ले गरेको हो।
यस गीतकी प्रमुख कलाकार आयुषा विश्वकर्मा विभिन्न नेपाली तथा भोजपुरी म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी छन्, जसलाई दर्शकहरूले निकै मन पराएका छन्।
गीत ‘गोली माईर देबौ’ मार्फत दर्शकले प्रेम, भावनात्मक उतारचढाव र एक्सनको रोमाञ्चक मिश्रणको स्वाद पाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२५-०५-०१ , समय : २२:०९:३३ , ३ हप्ता अगाडि