अजय बाबु मण्डल र देवी खड्काको अभिनयमा रोमान्स र थ्रिलको मिश्रण ,सरोज मुखियाको स्वरमा नयाँ धमाकेदार मैथिली गीत आइतबार सार्वजनिक हुँदै
मिति: २०२५-०५-०३ , समय : २२:२९:५४ , Our Pradesh
मिति: २०२५-०५-०३ , समय : २२:२९:५४ , Our Pradesh
Our Pradesh
सरोज मुखियाको स्वरमा नयाँ धमाकेदार मैथिली गीत आइतबार सार्वजनिक हुँद
अजय बाबु मण्डल र देवी खड्काको अभिनयमा रोमान्स र थ्रिलको मिश्र
रङ्गेली,मोरङ — चर्चित गायक सरोज मुखियाको स्वरमा सजिएको नयाँ मैथिली गीत ‘सीटर उठा के दिखाने गै’ यही आइतबार साँझ ६ बजे सार्वजनिक हुने भएको छ।
भर्खरै सार्वजनिक गरिएको पोस्टरले नै दर्शकमा उत्सुकता बढाएको छ। गीतको भिडियोमा अजय बाबु मण्डल र देवी खड्काको आकर्षक जोडी देख्न पाइनेछ। भिडियोमा रोमान्स र थ्रिलको सशक्त समिश्रण गरिएको छ, जसले दर्शकलाई बाँधेर राख्ने विश्वास गरिएको छ।
निर्माण पक्षका अनुसार गीतमा स्थानिय स्वाद, सांगीतिक ऊर्जा र अभिनयको तालमेलमार्फत मैथिली संगीतप्रेमीलाई नयाँ स्वाद दिन खोजिएको छ। दृश्य सम्पादन, लोकेशन र प्रस्तुतिको स्तरले पनि यसलाई विशेष बनाएको छ।
गीत यही आइतबार साँझ ६ बजे आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिने जानकारी दिइएको छ।
प्रकाशित मिति: २०२५-०५-०३ , समय : २२:२९:५४ , ३ हप्ता अगाडि