धनपालथान गाउँपालिकामा पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न

मिति: २०२५-०५-०६ , समय : १५:०१:१५ , Our Pradesh

Our Pradesh

धनपालथान गाउँपालिकामा पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्

धनपालथान गाउँपालिका, १ जेठ – गाउँपालिकाको पशुपंक्षी सेवा शाखाको आयोजनामा पशु स्वास्थ्य तथा बाझोपन निवारण सम्बन्धी १ दिने शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री जीवछ प्रसाद गच्छदार प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने वडा नं. ४ का अध्यक्ष श्री श्रीराम चौधरीको विशिष्ट उपस्थिति रहेको थियो।

शिविरमा पशुपालकहरूलाई आफ्ना गाईवस्तुहरूका नियमित स्वास्थ्य परीक्षण, आवश्यक औषधोपचार, परजीवी नियन्त्रण तथा बाझोपनसम्बन्धी समस्या समाधानको उपायहरूबारे सेवा प्रदान गरिएको थियो।

कार्यक्रमका फाइदाहरू:

पशुहरूमा देखिने रोगहरूको समयमै पहिचान र उपचार सम्भव भयो।

बाझोपनसम्बन्धी जानकारी पाएपछि पशुपालकहरू उत्पादनमा वृद्धि गर्न सक्षम हुनेछन्।

पशुहरूको पोषण र व्यवस्थापनबारे सचेतना बढेको छ

स्थानमै विशेषज्ञ सेवा पाउँदा ग्रामीण क्षेत्रमा पशुपालनमा उत्साह थपिएको छ।

 

स्थानीय किसान तथा पशुपालकहरूले यस्ता शिविरहरू निरन्तर भइरहनु आवश्यक रहेको बताउँदै आयोजकप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०२५-०५-०६ , समय : १५:०१:१५ , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित