रंगेली–८ मा आगलागी पीडितलाई नेपाली कांग्रेसको सहानुभूतिपूर्ण सहयोग

मिति: २०२५-०५-०६ , समय : १६:२३:०५ , Our Pradesh

Our Pradesh

आगलागी पीडितलाई नेपाली कांग्रेस रंगेली–८ बाट आर्थिक सहयोग

रंगेली, बैशाख १४ – रंगेली नगरपालिका–८ दर्वेसा शिवालय टोलमा आइतबार राति ११:३० बजे भएको भीषण आगलागीबाट पीडित विनोद पासवान र अमोद पासवानलाई नेपाली कांग्रेस रंगेली वार्ड नं. ८ द्वारा राहतस्वरूप साढे १२ हजार रुपैयाँ सहयोग गरिएको छ।

घटनापछि सोमबार आयोजित राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस मोरङका नेता गोपाल मानसिंह राज भण्डारी, महाधिवेशन प्रतिनिधि केशव राजवंशी, प्रदेश पदाधिकारी इन्द्रमणि थापा, पूर्व क्याम्पस प्रमुख लोचन प्रसाद खतिवडा, वडा सभापति पुरुषोत्तम रिजाल, तथा किसान संघ मोरङ क्षेत्र नं. २ (ख) का सभापति योग्यकुमार दोर्जे ‘ढब्बु’ लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रमका सहभागीहरूले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै आगलागीबाट भएको क्षतिमा गहिरो दुःख व्यक्त गरे।

 

नेपाली कांग्रेस रंगेली–८ ले विपद्को घडीमा साथ र सहयोगको भावना बोकी प्रदान गरेको यो सहयोगले पीडित परिवारलाई तत्कालिक राहत प्रदान गरेको छ।

“समाजप्रति उत्तरदायित्व बोध गर्दै दुःखमा परेकाहरूको साथमा उभिनु नै साँचो मानवता हो,” भनी नेताहरूले उल्लेख गरे।

पीडित परिवारले राहत पाउँदा कृतज्ञता व्यक्त गर्दै सहयोगी हातहरू प्रति मनदेखि धन्यवाद व्यक्त गरेका छन्।

 

 

प्रकाशित मिति: २०२५-०५-०६ , समय : १६:२३:०५ , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित