सोमेश्वरनाथ महादेव मन्दिरमा धर्मशालाको शिलान्यास, धार्मिक स्थलको संरक्षणतर्फ धनपालथानको सार्थक कदम

आवर प्रदेशसँग कुराकानीमा अध्यक्ष गच्छदारको प्रतिबद्धता

मिति: २०२५-०५-०६ , समय : १९:३२:३० , Our Pradesh

Our Pradesh

सोमेश्वरनाथ महादेव मन्दिरमा धर्मशालाको शिलान्यास, धार्मिक स्थलको संरक्षणतर्फ धनपालथानको सार्थक कदम

– आवर प्रदेशसँग कुराकानीमा अध्यक्ष गच्छदारको प्रतिबद्धता

धनपालथान, मोरङ – धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने धनपालथान–४ कर्सिया बजारस्थित सोमेश्वरनाथ महादेव मन्दिर परिसरमा आज धर्मशालाको शिलान्यास गरिएको छ।

शिलान्यास कार्यक्रम स्थानीय समाजसेवीहरू, पूर्व मेयर श्री हरिलाल सिंह, वडा अध्यक्षहरू, तथा विभिन्न राजनीतिक दलका नेताहरूको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

 

धनपालथान गाउँपालिकाले पछिल्ला दिनहरूमा आन्तरिक धार्मिक स्थलहरूलाई संरक्षण र व्यवस्थापन गर्दै आध्यात्मिक पर्यटकको आकर्षण बढाउने अभियानमा सार्थक पाइला चालेको छ।

 

धर्मशालाको शिलान्यास अवसरमा आवर प्रदेशसँग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष श्री जीवछ प्रसाद गच्छदारले भने,

“हाम्रो धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्नु विकासको मेरुदण्ड हो। धार्मिक स्थलहरूमा आधारभूत संरचना निर्माण गर्दै श्रद्धालुहरूको सेवा र सहजतालाई प्राथमिकतामा राखिएको छ।”

 

अध्यक्ष गच्छदारको दृढ नेतृत्वमा गाउँपालिकाले विभिन्न अधुरा धार्मिक परियोजनाहरूलाई पनि पूरा गर्ने कार्य तीव्र रूपमा अघि बढाएको छ।

कार्यक्रममा सहभागी व्यक्तित्वहरूले मन्दिरको ऐतिहासिक महत्वको चर्चा गर्दै धर्मशाला निर्माणले धार्मिक पर्यटनको विकास, स्थानीय आर्थिक सशक्तीकरण र धार्मिक भावनाको सम्मानमा थप योगदान पुर्‍याउने उल्लेख गरे।

प्रकाशित मिति: २०२५-०५-०६ , समय : १९:३२:३० , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित