रंगेली अस्पतालमा क्यान्सर रोग सम्बन्धी विशेषज्ञ सेवा सुरु ,प्रत्येक महिनाको अन्तिम बुधबार विशेषज्ञ OPD सेवा सञ्चालन हुने

मिति: २०२५-०५-०७ , समय : २०:०९:१६ , Our Pradesh

Our Pradesh

 

रंगेली, बैशाख २४ – रंगेली अस्पतालमा क्यान्सर रोगसम्बन्धी विशेषज्ञ सेवा सुरु गरिएको छ। यस सेवाको सञ्चालन रंगेली अस्पताल र विराट टिचिङ अस्पताल, विराटनगरबीच भएको आपसी समझदारी अनुरूप सुरु गरिएको हो। अबदेखि प्रत्येक महिनाको अन्तिम बुधबार रंगेली अस्पतालमा क्यान्सर रोगसम्बन्धी विशेषज्ञ OPD सेवा उपलब्ध हुने भएको छ।

 

सो अवसरमा रंगेली अस्पताल र विराट टिचिङ अस्पतालबीच औपचारिक रूपमा लिखित सम्झौतामा हस्ताक्षर गरिएको थियो। उक्त कार्यक्रममा अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा सदस्यज्यूहरू, अस्पताल प्रमुख (मे.सु.) तथा विशेषज्ञ चिकित्सकज्यूहरू, कर्मचारीगण र विराट टिचिङ अस्पतालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

यस सेवा विस्तारसँगै अब क्यान्सरजस्ता जटिल रोगहरूको प्रारम्भिक परीक्षणदेखि विशेषज्ञ परामर्शसम्मको सेवा रंगेलीमै सहज रूपमा प्राप्त गर्न सकिनेछ। स्थानीयवासीहरूका लागि यो एक ठूलो उपलब्धि र राहतको विषय बन्ने विश्वास गरिएको छ।

 

स्वास्थ्य पहुँचमा सुधार ल्याउनेतर्फको यो एक सकारात्मक कदम हो।

प्रकाशित मिति: २०२५-०५-०७ , समय : २०:०९:१६ , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित