सुनवर्षीमा जसपा नेपाल सक्रिय, वडा–वडा समिति गठनसँगै नगर अधिवेशन सम्पन्न
मिति: २०२५-०५-०७ , समय : २२:०२:२५ , Our Pradesh
मिति: २०२५-०५-०७ , समय : २२:०२:२५ , Our Pradesh
Our Pradesh
सुनवर्षीमा जसपा नेपाल सक्रिय, वडा–वडा समिति गठनसँगै नगर अधिवेशन सम्पन्न
सुनवर्षी नगरपालिका, मोरङ — जसपा नेपालले संगठन विस्तारलाई तीव्रता दिँदै सुनवर्षी नगरभित्रका अधिकांश वडाहरूमा सक्रियता बढाएको छ। वडा स्तरबाट स्थानीय समिति गठन गरिसकेपछि बुधबार एक भव्य कार्यक्रमका बीच नगर अधिवेशन सम्पन्न गरिएको हो।
अधिवेशनमार्फत सदानन्द यादवको अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमिति गठन गरिएको छ। जसमा उपाध्यक्षमा रामानन्द यादव र रेसो देवी सिंह, सचिवमा सुरेन्द्र बहरदार, उपसचिवमा प्रमोद दास, कोषाध्यक्षमा चिन्तामणि राजवंशी चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा गणेशलाल शाह, रामलाल सिंह, नथुनी कामत, कुशेश्वर सिंह, सिता ऋषिदेव, बालकिशोर यादव, राजेन्द्र दास, लालकिशोर पौदार, दीपेन शाह, रामनाथ यादव, विश्वप्रसाद माझी, मीनादेवी राम, रामचन्द्र शाह, पार्वती देवी बहरदार, बिनोद दास रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालका केन्द्र सदस्य पन्नलाल मण्डल रहेका थिए। विशिष्ट अतिथिका रूपमा जिल्ला अध्यक्ष राजकुमार यादव, अतिथि जिल्ला सदस्य शिशुपाल यादव, रङ्गेली नगर सचिव भगवानचन्द यादव, रङ्गेली नगर उपाध्यक्ष नरेश कुमार मण्डललगायतको उपस्थिति थियो।
नवगठित नगर समितिले संगठन विस्तारसँगै स्थानीय मुद्दाहरूमा थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित मिति: २०२५-०५-०७ , समय : २२:०२:२५ , ३ हप्ता अगाडि