मोरङ धनपाल गाउँपालिकामा २.४८ ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ
मिति: २०२५-०५-०८ , समय : ०९:४७:४४ , Our Pradesh
मिति: २०२५-०५-०८ , समय : ०९:४७:४४ , Our Pradesh
Our Pradesh
मोरङ, वैशाख २० का दिन जिल्ला मोरङको धनपाल गाउँपालिका–४, खर्सिया चोकस्थित प्रहरीले नियमित चेकजाँचको क्रममा लागू औषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति धनपाल गाउँपालिका–२, दलिया चोक बस्ने चन्द्रशेखर मण्डल (उमेर अन्दाजी ४५ वर्ष) रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
उनले चलाएको को ६ प १६२६ नम्बरको मोटरसाइकलको पछाडिको इन्डिकेटरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २.४८० ग्राम (दुई ग्राम ४८० मिलिग्राम) खैरो हिरोइन फेला परेको हो।
पक्राउ परेका मण्डललाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रङ्गेलीमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
यस घटनाले स्थानीय क्षेत्रमा लागू औषध ओसारपसारको सञ्जाल सक्रिय रहेको संकेत गरेको छ भने प्रहरीको निगरानी र चेकजाँच प्रभावकारी बन्दै गएको
देखिएको छ।
प्रकाशित मिति: २०२५-०५-०८ , समय : ०९:४७:४४ , २ हप्ता अगाडि