भारतबाट ठुलो मात्रामा लागुऔषध बरामद, नेपालमा सक्रिय मुख्य नायक पंकज मण्डल पक्राउ

भारतबाट ठुलो मात्रामा लागुऔषध बरामद, नेपालमा सक्रिय मुख्य

मिति: २०२५-०५-०८ , समय : १९:५०:४९ , Our Pradesh

Our Pradesh

२५ वैशाख, बिहीबार – भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको ठुलो परिमाणको लागुऔषधसहित भारतको सशस्त्र सीमा बल (SSB) ले एक जना तस्करलाई रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारत बिहार राज्यको लेटी घर भएका पंकज कुमार मण्डल रहेको भारतीय SSB प्रहरीले जानकारी दिएको छ।

SSB का अनुसार पंकज मण्डललाई भारत–नेपाल सीमावर्ती क्षेत्र रंगेली नगरपालिका–५ स्थित आमगाछी मुरारीपुर बोर्डर नजिकै गस्तीको क्रममा राति करिब ३ बजे पक्राउ गरिएको हो। ओला कम्पनीको सेतो स्कुटर (BR 38 AM 7246) को डिक्की तथा कार्टुनमा लुकाएर ल्याइएको अवस्थामा ट्रामाडोल नाइट्रोभाइड ७०० थान, नेपालमा प्रतिबन्धित पेस्टिसाइड्स २५०० प्याकेट, र डाइक्लो ३५०० थान बरामद गरिएको हो।

पक्राउ परेका पंकज मण्डल पूर्वमा रंगेली र वरपरका विभिन्न क्लिनिक र अस्पतालहरूमा कार्यरत रहेका थिए। CMA अध्ययन गरेका उनी केही समय नेपालमै बसेर स्वास्थ्य क्षेत्रका नाममा चिनजान बनाउँदै लागुऔषधको कारोबारमा संलग्न भएको खुलेको छ। भारतीय SSB का अनुसार उनले विगतदेखि नै भारतबाट नेपालतर्फ प्रतिबन्धित औषधिहरू तस्करी गर्दै आएको तथ्य फेला परेको छ।

यसअघि पनि पंकज मण्डलको संलग्नतामा रंगेली क्षेत्रका विभिन्न स्थानहरूमा लागुऔषधसहितका घटना घटेका थिए। रंगेलीको शुक्रबारे चोकमा औषधि पसलमै छापा मार्दा प्रतिबन्धित औषधि फेला परेको थियो, जसमा उनी नै मुख्य सप्लायर थिए। त्यस्तै, रंगेली–५ मा ब्राउन सुगरसहित एक नेपाली फसाइएको घटना पनि पंकजकै संलग्नतामा भएको बुझिएको छ। एक महिनाअघि आमगाछी क्षेत्रमा मोटरसाइकल छोडेर भागेका व्यक्तिले बोकेको एक बोरा लागुऔषध पनि प्रहरीले बरामद गरेको थियो, जसमा पनि उनको संलग्नता देखिएको छ।

हाल पंकज मण्डललाई भारतको अररिया जिल्लास्थित सिकटी प्रहरी चौकीमा राखिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ। नेपाली सीमामा लागुऔषध तस्करीमा सक्रिय मुख्य नायकको रूपमा चिनिएका पंकज मण्डलको गिरफ्तारीले सीमा क्षेत्रमा लागुऔषध नियन्त्रणमा उल्लेखनीय संकेत दिएको छ।

नायक पंकज मण्डल पक्राउ

 

२५ वैशाख, बिहीबार – भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको ठुलो परिमाणको लागुऔषधसहित भारतको सशस्त्र सीमा बल (SSB) ले एक जना तस्करलाई रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारत बिहार राज्यको लेटी घर भएका पंकज कुमार मण्डल रहेको भारतीय SSB प्रहरीले जानकारी दिएको छ।

 

SSB का अनुसार पंकज मण्डललाई भारत–नेपाल सीमावर्ती क्षेत्र रंगेली नगरपालिका–५ स्थित आमगाछी मुरारीपुर बोर्डर नजिकै गस्तीको क्रममा राति करिब ३ बजे पक्राउ गरिएको हो। ओला कम्पनीको सेतो स्कुटर (BR 38 AM 7246) को डिक्की तथा कार्टुनमा लुकाएर ल्याइएको अवस्थामा ट्रामाडोल नाइट्रोभाइड ७०० थान, नेपालमा प्रतिबन्धित पेस्टिसाइड्स २५०० प्याकेट, र डाइक्लो ३५०० थान बरामद गरिएको हो।

 

पक्राउ परेका पंकज मण्डल पूर्वमा रंगेली र वरपरका विभिन्न क्लिनिक र अस्पतालहरूमा कार्यरत रहेका थिए। CMA अध्ययन गरेका उनी केही समय नेपालमै बसेर स्वास्थ्य क्षेत्रका नाममा चिनजान बनाउँदै लागुऔषधको कारोबारमा संलग्न भएको खुलेको छ। भारतीय SSB का अनुसार उनले विगतदेखि नै भारतबाट नेपालतर्फ प्रतिबन्धित औषधिहरू तस्करी गर्दै आएको तथ्य फेला परेको छ।

 

यसअघि पनि पंकज मण्डलको संलग्नतामा रंगेली क्षेत्रका विभिन्न स्थानहरूमा लागुऔषधसहितका घटना घटेका थिए। रंगेलीको शुक्रबारे चोकमा औषधि पसलमै छापा मार्दा प्रतिबन्धित औषधि फेला परेको थियो, जसमा उनी नै मुख्य सप्लायर थिए। त्यस्तै, रंगेली–५ मा ब्राउन सुगरसहित एक नेपाली फसाइएको घटना पनि पंकजकै संलग्नतामा भएको बुझिएको छ। एक महिनाअघि आमगाछी क्षेत्रमा मोटरसाइकल छोडेर भागेका व्यक्तिले बोकेको एक बोरा लागुऔषध पनि प्रहरीले बरामद गरेको थियो, जसमा पनि उनको संलग्नता देखिएको छ।

हाल पंकज मण्डललाई भारतको अररिया जिल्लास्थित सिकटी प्रहरी चौकीमा राखिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ। नेपाली सीमामा लागुऔषध तस्करीमा सक्रिय मुख्य नायकको रूपमा चिनिएका पंकज मण्डलको गिरफ्तारीले सीमा क्षेत्रमा लागुऔषध नियन्त्रणमा उल्लेखनीय संकेत

दिएको छ।

 

प्रकाशित मिति: २०२५-०५-०८ , समय : १९:५०:४९ , २ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित