तीन दिन लुकाएर राखिएको बालक अपमानको घटना, समाचार आएपछि मात्र प्रहरी सक्रिय—प्रहरीमाथि प्रश्नको चक्रव्यूह!

घटना लुकाएको प्रहरीले कारबाही हुन्छ कि हुँदैन?

मिति: २०२५-०५-०९ , समय : १९:५१:१५ , Our Pradesh

Our Pradesh

बालकलाई डोरी बाँधेर कपाल मुण्डन, प्रहरीको मौनता र समाजको सहमति—अन्ततः दोषी को?

 

सुनवर्षी नगरपालिका–६, धद्राखोलामा मकै चोरीको आरोपमा समातिएका १०–१२ वर्षका बालकलाई स्थानीयहरूले बीचबाट कपाल मुण्डन गरिदिए, त्यो पनि डोरीले बाँधेर। झन् अचम्म, बालकको अपमान भइरहँदा प्रहरीको उपस्थितिसमेत रहेको पुष्टि भएको छ।

ती बालकको घर सोही क्षेत्रको खुनीयाबारीमा रहेको छ। उमेरले अबोध, कर्तव्यले असहाय देखिने बालकलाई यति निर्ममता पूर्वक व्यवहार गर्नु कति नैतिक हो? उसले चोरी गरे भन्ने आरोप लागे पनि के उसले यस्तो दण्ड भोग्नुपर्ने हो? अनि, के उसलाई अपराधमा प्रेरित गर्ने कोही छैन?

झन् चिन्ताको विषय—तीन दिनअघि घटेको घटनाको जानकारी प्रहरी र समाज दुवैले किन लुकाए? किन घटनापछि पनि प्रहरी मौन बस्यो? जब ‘आवर प्रदेश’ मार्फत समाचार सार्वजनिक भयो, तब मात्र इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टरले कारबाहीका लागि एकजनालाई समात्न तत्परता देखाए। के यो छानबिनको नाटक मात्रै हो?

समाजले हात बाँधेर अपमान भइरहेका बालक हेरेर मौन बस्यो। प्रहरी घटनास्थलमै पुगेर पनि किन मौन रह्यो? यदि प्रहरी जिम्मेवार थिए भने कारबाही किन ढिलो भयो? अनि यदि थिएन भने, तिनलाई कारबाही किन भएन?

 

यो केवल एउटा बालकको अपमानको कुरा होइन—यो राज्य, समाज र संस्थाहरूको चुप्पीको पर्दाफास हो।

अन्ततः प्रश्न उब्जन्छ: दोषी को? ती अबोध बालक? समाज? कि मौन प्रहरी?

अब जरुरी छ—सिर्जना होइन, समाधान।

संवेदनशीलता होइन, सत्यतर्फको स्पष्ट

र कडा कदम।

 

प्रकाशित मिति: २०२५-०५-०९ , समय : १९:५१:१५ , २ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित