रङ्गेलीमा जसपा नेपालको नगर अधिवेशन सम्पन्न, भगवान चन्द यादवको नेतृत्वमा नयाँ समिति चयन
मिति: २०२५-०५-१० , समय : १६:४८:३१ , पारस मण्डल
मिति: २०२५-०५-१० , समय : १६:४८:३१ , पारस मण्डल
पारस मण्डल
रङ्गेलीमा जसपा नेपालको नगर अधिवेशन सम्पन्न, भगवान चन्द यादवको नेतृत्वमा नयाँ समिति चयन
रङ्गेली, मोरङ — जनता समाजवादी पार्टी (जसपा) नेपालको रङ्गेली नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। पार्टीका केन्द्रीय सदस्य तथा पूर्व नगर अध्यक्ष पन्नालाल मण्डलको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख आतिथ्यता जसपा मोरङका जिल्ला अध्यक्ष राजकुमार यादवले गरेका थिए।
अधिवेशनबाट भगवान चन्द यादवको नेतृत्वमा २१ सदस्यीय नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अध्यक्ष पदका लागि नरेश कुमार मण्डल, अशोक मण्डल र भगवान चन्द यादवबीच प्रतिस्पर्धा भए पनि अन्ततः भगवान चन्द यादव सर्वसम्मत चयन भएका हुन्।
नवनिर्वाचित समितिमा मिना शाह सोनार र गोविन्द मण्डल उपाध्यक्ष, भागवत मण्डल सचिव, दिपु मण्डल र संजय राय उपसचिव, पुनम राय कोषाध्यक्ष चयन भएका छन्।
सदस्यहरूमा आशा मण्डल, राधेश्याम यादव, पप्पु कुमार शाह, महानन्द यादव, शुक्र ऋषिदेव, लाला ऋषिदेव, योगेश मण्डल, नन्दकिशोर राजवंशी, विनोद मण्डल, पंकज कुमार मण्डल, दिलिप मण्डल, प्रमिला वरदार, अनिता राय र बिमला देवी शाह रहेका छन्।
अधिवेशनमा बोल्दै प्रमुख अतिथि राजकुमार यादवले पार्टीको सांगठनिक सुदृढीकरण र जनस्तरसँगको सम्वन्ध मजबुत बनाउन नवगठित कार्यसमितिलाई सक्रिय भएर लाग्न आग्रह गरेका थिए।
कार्यक्रममा विभिन्न वक्ताहरूले पार्टी संगठनलाई गाउँ–नगरस्तरमा फैलाउने र जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए।
प्रकाशित मिति: २०२५-०५-१० , समय : १६:४८:३१ , २ महिना अगाडि