रङ्गेली- सुनवर्सी मा जन्ती बोकेको ट्याक्टर पल्टियो, तीन गम्भीर घाइते — फरार चालक प्रहरी नियन्त्रणमा

मिति: २०२५-०५-१६ , समय : ०६:२१:०० , Our Pradesh

Our Pradesh

रङ्गेली देखि भारत तर्फ जाँदै गरेको जन्ती बोकेको ट्याक्टर पल्टियो, तीन गम्भीर घाइते — फरार चालक प्रहरी नियन्त्रणमा

रङ्गेली, मोरङ – आवर प्रदेश

मोरङको रङ्गेली नगरपालिका–५ स्थित ठाकुर टोल नजिकको रागनी कुखुरा फार्मअगाडि शुक्रबार साँझ करिब ७:१० बजे जन्ती बोकेको ट्याक्टर पल्टिँदा तीन जना गम्भीर घाइते भएका छन्।

सुनबर्सी नगरपालिका–९ बाट भेडुवाथान हुँदै भारतको आमगाछी बोर्डरसम्म जन्ती लिएर गइरहेको ट्याक्टर सडकमा सुकाउन राखिएको मकैमा चिप्लिएर अनियन्त्रित भई दुर्घटना भएको हो।

ट्याक्टरमा सवार १३ वर्षीया पुलम कुमारी शर्मा, उनका ९ वर्षीय भाइ पारस शर्मा (सुनबर्सी–६ निवासी), तथा रतुवामाई–१ का ६० वर्षीय दुखना माझी गम्भीर घाइते भएका हुन्। पुलमको कम्मर भाँचिएको आशंका गरिएको छ भने पारसको बाँया हातमा गम्भीर चोट लागेको छ।

दुखना माझीसमेत उठबस गर्न नसक्ने अवस्थामा उद्धार गरिएका थिए।

घाइतेहरूलाई तत्काल रङ्गेली अस्पताल ल्याइए पनि अवस्था गम्भीर देखिएपछि सबैलाई विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको छ।

 

दुर्घटनापछि चालक धीरज शर्मा फरार भएका थिए। तर केही समयपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ र हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

Oplus_16908288

स्थानीयवासीका मकै सुकाइएको कारण बाटो साँघुरो, अन्धकारयुक्त र मकै सुकाइएको अवस्थामा भएकाले दुर्घटना भएको हो। उनीहरूले पटक–पटक सडकमा यस्तो लापरवाही नगर्न आग्रह गर्दा पनि बेवास्ता भएको बताएका छन्। साथै, चालक तीव्र गतिमा गाडी हाँकिरहेका थिए र मापसे गरेका थिए भन्ने आशंका पनि गरिएको छ।

 

प्रहरीले दुर्घटनास्थलबाट ट्याक्टर हटाउने प्रयास जारी राखेको जनाएको छ।

प्रकाशित मिति: २०२५-०५-१६ , समय : ०६:२१:०० , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित