पटक–पटक घन्टौँसम्म गएको बिजुलीले सर्वसाधारण आजित, सामाजिक सञ्जालमा आक्रोश — पुरानै लोडसेडिङ फर्किने चिन्ता

मिति: २०२५-०५-१६ , समय : ०६:४४:३३ , Our Pradesh

Our Pradesh

पटक–पटक घन्टौँसम्म गएको बिजुलीले सर्वसाधारण आजित, सामाजिक सञ्जालमा आक्रोश — पुरानै लोडसेडिङ फर्किने चिन्ता

 

काठमाडौं – आवर प्रदेश

बिहीबार दिनभर पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध भएपछि सर्वसाधारण आक्रोशित बनेका छन्। कतै लोडसेडिङका दिन फर्किने त होइन भन्ने चिन्ता उनीहरूले सामाजिक सञ्जालमार्फत पोखेका छन्।

सामान्यतया पछिल्ला केही वर्षदेखि बिजुली नियमितरूपमा आपूर्ति हुँदै आए पनि बिहीबार देशका विभिन्न स्थानमा घन्टौँसम्म विद्युत् आपूर्ति बन्द भएपछि नागरिक हैरान भएका हुन्। “यस्ता समस्या त लोडसेडिङको बेला देखिन्थे, अब फेरि त्यस्तै हुन लाग्या हो?” भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा व्यंग्य र आक्रोश व्यक्त गरिरहेका छन्।

 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजा भाइ सिल्पाकारले भारततर्फ प्रणालीमा देखिएको गम्भीर समस्याका कारण नेपालमा समेत असर परेको बताएका छन्। “भारतमा समस्या हुँदा ढल्केबरस्थित प्रणालीमा गडबडी आएको हो,” प्रवक्ता सिल्पाकारले बताए।

 

उनका अनुसार उक्त प्रणालीको खराबीका कारण नेपालका धेरै स्थानमा बिजुली आपूर्ति अवरुद्ध भएको हो। “हाम्रो सिस्टम गएर धेरै ठाउँमा बिजुली गएको हो। अहिले सिस्टम रिस्टोर भइसकेको छ। बिजुली पनि आइसकेको होला,” उनले भने।

 

यता, उपभोक्ताहरू भने चेतावनी दिँदै भन्छन्— “फेरि नियमित समस्या दोहोरियो भने आन्दोलन गर्छौं।” लामो समय नियमित रहेको विद्युत् सेवा एकैदिन बारम्बार अवरुद्ध हुनुले सरकारी योजनाप्रति समेत उनीहरू शंका व्यक्त गर्न

थालेका छन्।

प्रकाशित मिति: २०२५-०५-१६ , समय : ०६:४४:३३ , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित