इन्सपेक्टर बोगटी र सशस्त्रको समन्वयमा सफलता : रङ्गेली नाकाबाट फेरि १२० केजी अवैध सुर्ती बरामद रङ्गेली, मोरङ — अवैध कारोबार

मिति: २०२५-०५-१८ , समय : १२:४७:१७ , Our Pradesh

Our Pradesh

इन्सपेक्टर बोगटी र सशस्त्रको समन्वयमा सफलता : रङ्गेली नाकाबाट फेरि १२० केजी अवैध सुर्ती बरामद

 

रङ्गेली, मोरङ — अवैध कारोबार ¥नियन्त्रणमा रङ्गेली प्रहरीले फेरि एक पटक सफलता हात पारेको छ। इलाका प्रहरी कार्यालय (इप्रका) रङ्गेलीका नयाँ निरीक्षक नरेन्द्र कुमार बोगटीको नेतृत्व र चोप्राह बोर्डरमा तैनाथ सशस्त्र प्रहरी बलको समन्वयमा भारतबाट अबैध रुपमा ल्याउँदै गरिएको १२० केजी सुर्ती नियन्त्रणमा लिइएको हो।

मिति २०८२ जेठ ४ गते राति १२:२० बजे इप्रका रङ्गेलीबाट खटिएको टोलीले चोप्राह बोर्डर क्षेत्रमा तीन व्यक्तिले बोकी ल्याउँदै गरेको ३ बोरा सुर्ती देखेपछि हस्तक्षेप गरेको थियो। प्रहरीलाई देख्नेबित्तिकै ती व्यक्ति सुर्ती छाडेर फरार भएका थिए। बरामद सुर्तीको अनुमानित बजार मूल्य ४५,००० रुपैयाँ रहेको छ।

सिमावर्ती क्षेत्रमा सक्रिय सशस्त्र प्रहरी बल र स्थानीय प्रहरीबीचको प्रभावकारी समन्वयका कारण पछिल्लो समय अवैध तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार आएको स्थानीयवासीहरूको भनाइ छ। केही दिनअघिमात्रै रङ्गेली वडा नं. ५ स्थित आमगाछी बोर्डरबाट ७ बोरा सुर्ती बरामद गरिएको थियो।

 

प्रहरी निरीक्षक बोगटी र चोप्राह सशस्त्र टोलीको उच्च सतर्कता तथा कडाइका कारण रङ्गेली आसपासका नाकामा अवैध क्रियाकलापविरुद्ध प्रभावकारी कारबाही भइरहेको छ।

प्रकाशित मिति: २०२५-०५-१८ , समय : १२:४७:१७ , ७ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित