परीक्षा नियन्त्रक कार्यालयमा अखिल (क्रान्तिकारी) को तालाबन्दी, माग सम्बोधनको दबाब

मिति: २०२५-०५-२० , समय : १५:१२:५० , Our Pradesh

Our Pradesh

परीक्षा नियन्त्रक कार्यालयमा अखिल (क्रान्तिकारी) को तालाबन्दी, माग सम्बोधनको दबाब

विराटनगर — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रक कार्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आज बिहान तालाबन्दी गरेको छ।

 

विद्यार्थी संगठनले विभिन्न शैक्षिक मागहरू अघि सार्दै कार्यालयको कामकाज ठप्प पारेको हो। संगठनका अनुसार नतिजा प्रकाशनमा ढिलाइ, अनियमितता, तथा विद्यार्थी सेवामा देखिएको कमजोरीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले तालाबन्दीको बाटो रोजेका हुन्।

तालाबन्दीका कारण कार्यालयको नियमित सेवा प्रभावित भएको छ भने परीक्षा फाराम, प्रमाणपत्र वितरण लगायतका काम रोकिएका छन्। संगठनले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएको छ।

 

यसबीच, कार्यालय प्रशासनले वार्ता गरेर समस्या समाधान गर्न सकिने बताउँदै विद्यार्थीहरूलाई संयमित ढंगले प्रस्तुत हुन आग्रह गरेको छ।

 

स्थिति सामान्य बनाउन प्रयास भइरहेको

प्रकाशित मिति: २०२५-०५-२० , समय : १५:१२:५० , ५ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित